Shikhar Insurance
National Life

‘देशको अर्थतन्त्र सुधार गर्न नलेज वेस इकोनोमिलाई जोड दिनुपर्छ’-सचिव मरासिनी

सिंहदरबार संवाददाता
२०८१ मंसिर ३, सोमबार १२:४६
Hyundai
NCELL
NIMB

काठमाडौँ । राष्ट्रिय योजना आयोगका सचिव मधु मरासिनीले  आर्थिक सुधारका लागि सरकारले अनुकुल वातावरण बनाईदिनु पर्ने बताएका छन । उनले उद्योग वाणिज्य महासंघले आयोजना गरेको ‘नवप्रवर्तन संवाद’ को उद्घाटन कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्।

मुलुकको आर्थिक विकासको लागि सरकारले नीजि क्षेत्रलाई साथ दिनु पर्ने उनले बताए । उनले भने, “हाल नेपालमा ९० प्रतिशत हिस्सा वस्तु आयात हुने गरेको छ भने १० प्रतिशत हिस्सा निर्यात रहेको छ । यसमा ४ प्रतिशत अझै घट्न सक्छ ।”

Citizen Life
Kumar Bank
Prabhu Insurance

विकासशील मुलकमा स्तरोन्नति हुनका लागि तिनवटा क्राइट एरिया पुरा गर्नुपर्नेमा दुईवटा पुरा भएको उनले बताए । एउटा ‘इन्कमको रूपमा क्राइट एरिया नपुगेपनि बाँकी दुईवटामा पुगेकोले हामी  विकसित मुलुकमा प्रवेस गर्ने भएका छौँ,’ उनले भने, ‘अब आर्थिक सुधारका लागि जोड दिनुपर्ने चुनौती छ ।’

देशको अर्थतन्त्र सुधार गर्न नलेज वेस इकोनोमिलाई जोड दिनुपर्ने बताउदै मरासिनीले युवाहरूलाई आकर्षित रोजगार सृजना गर्नु पर्ने उल्लेख गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्