Shikhar Insurance
National Life

रिलायन्स स्पिनिङ मिल्सको नाफा साढे ८ करोड बढी

सिंहदरबार संवाददाता
२०८१ मंसिर ३, सोमबार ११:३५
Hyundai
NCELL
NIMB

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले साढे ८ करोड बढी नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको नाफा ३ करोड ६३ लाख रुपैयाँले बढेर ८ करोड ६७ लाख ७९ हजार रुपैयाँ पुगेको हो ।

गत असार मसान्तसम्म कम्पनीले ५ करोड ३ लाख ८३ हजार नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीले २ अर्ब ३४ करोड ५८ लाख रुपियाँ सञ्चालन आम्दानी गरेको छ । कम्पनीले असोज मसान्तसम्ममा २८ करोड ९४ लाख रुपियाँ कुल नाफा कमाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीको अन्य आम्दानी १ करोड १३ लाख ५५ हजार रुपियाँ र सञ्चालन मुनाफा २० करोड ३१ लाख ३० हजार रुपियाँ तथा वित्तीय खर्च १० करोड ४३ लाख ७४ हजार रुपियाँ रहेको छ। कुल १ अर्ब ७० करोड ७३ लाख ४० हजार रुपियाँ चुक्ता पुँजी रहेको कम्पनीको अन्य इक्विटीमा ५ अर्ब ४३ करोड २४ लाख ७५ हजार रुपियाँ छ ।

नेपाल विद्युत प्राधिकरणले पटक पटक विद्युतको लाइन काट्दा गत बर्ष घटेको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको वित्तीय विवरणमा यस बर्ष भने सुधार आएको छ । गत बर्ष कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) घटेर २.९७ रुपियाँमा झरेकोमा चालु आर्थिक बर्षको पहिलो त्रैमासमा सुधार भएर १९.९५ रुपियाँ पुगेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्