काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वको रहेको एकैपटक चार वटा कम्पनीहरूको संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंककले सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट , सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था, सूर्यज्योति लाइफ इन्स्योरेन्स र नेपाल इन्फास्ट्रक्चर बैंकको कूल १९ लाख ६० हजार ६३० कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
बैंकले सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट (सिआईटी) को ५० हजार कित्ता, सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको ५१ हजार ८०५ कित्ता, सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको ८ लाख ९३ हजार ८२५ कित्ता र नेपाल इन्फास्ट्रक्चर बैंक (निफ्रा) को ९ लाख ६५ हजार कित्ता शेयर बिक्रीमा ल्याएको छ ।
उक्त सेयरहरुको बैंककले प्रतिकित्ता न्यूनतम मूल्य सिआईटीको सेयर प्रतिकित्ता ७ सय ७९ रुपैयाँ, सूर्योदय वोमी लघुवित्तको २ सय ९७ रुपैयाँ, सूर्यज्योति लाइफको १ सय ७८ रुपैयाँ र निफ्राको १ सय १ रुपैयाँ प्रकित्ता न्यूनतम मूल्यका दरले शेयर बिक्रीमा राखेको छ । शेयर खरीद गर्दा न्यूनतम ५ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ता खरीदका लागि आवेदन दिन सकिनेछ।
सेयर खरिदको लागि सर्वसाधारणले खरिद बिक्री गर्ने पाउँनेछ । उक्त सेयरको खरिदको लागि मंसिर ३ देखि १० गतेभित्र गोप्य शिलबन्दी बोलपत्रमार्फत थापाथलीस्थित बिक्री प्रबन्धकको कार्यालय र बैंकको कर्पोरेट कार्यालयका साथै विराटनगर, आदर्शनगर, महेन्द्रपुल, श्रवणपथ, हस्पिटल लाइन र विरेन्द्रनगर शाखा कार्यालयमा आवेदन पेश गर्नसक्नेछन् ।
साथै, बिक्री प्रबन्धकको काम एनआईसी एशिया क्यापिटलले गर्नेछ।
प्रतिक्रिया दिनुहोस्