काठमाडौं । यो मेरो परिवारकै गर्वको कुरा हो । मेरो बुबाले यो अवार्ड तीन पटक जितिसक्नु भएको छ । मेरो दिदिले पनि एक पटक पाउनु भएको छ । अहिले मेरो पालो आयो । आज बिहान म ब्रेक फाष्ट खादाखेरी मेरो १२ वर्षको छोरीसँग कुरा गरेको थिए । एक दिन यो अवार्ड तपाईले पनि जित्नुपर्छ । यो अवार्ड पाउन २५ वर्ष त लाग्ला ? २५ वर्षमा हाम्रो नेपाल के होला ? कहाँ पुग्ला ? मेरो विचारमा २० गुणा बढ्दा अहिलेको अवस्थाबाट धेरै मिहनेत गर्नु पर्नेछ ।
हरेक क्षेत्रमा हामीले गर्नुपर्ने काम धेरै छ । हाम्रो देशको हाइड्रोपावरहरुमा १०० प्रतिशत क्यापासिटी पुग्नका लागि धेरै काम गर्न बाँकी छ । हाम्रो बिजनेस कम्युनीटी पनि युनाइटेड हुनुपर्छ । सबैजना युनाइटेड हुनुपर्छ अनि मात्र सबै समस्याहरुको समाधान गर्न सकिन्छ । एक पक्षले काम गरेर मात्रै केहि हुँदैन । राजनितिक दल, कर्मचारी तन्त्र, व्यावसायी जनता सबै जना एकजुट हुनुपर्छ ।
समस्याहरुसँग कसरी जुध्नुपर्छ भनेर हामी ९९ प्रतिशतलाई थाहा छ तर किन किन हामीले गर्न नै सक्दैनौँ ? अब पछि गर्ने भनेर हुँदैन अहिले नै समय आइसक्यो । मेरो दृष्टिकोणमा सबैभन्दा ठूलो भिक्टीम जनता हुन्। मलाई एयरपोर्टमा जादा कस्तो चित्त दुख्छ । विदेशकी होटलमा नेपाली कामदारहरुले काम गरेको देख्दा धेरै चित्त दुख्छ । मलाई एकदम गिल्टी फिल हुन्छ ।
यसमा हाम्रो पनि ठूलो फेलियर छ । हामीले नेपालमा किन रोजगारी सृजना गर्न सकिरहेका छैनौ ? हाम्रो नेपाल उद्योग परिसंघ (सीएनआई), नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई), चेम्बर अफ कमर्श नेपालमा हिसाब गर्दा खेरी एक वर्षमा १ हजार वटा उद्योग खोल्न पर्ने देखिएको छ । तर सत्य के हो भने आजको दिनमा १ हजार उद्योग बन्द भइरहेको छ । यसलाई कसरी ठिक पार्ने ?
हामी जति डिभाइड भयो त्यति समस्या बढ्छ । जति विभाजन हुन्छ, जति सेप्रेशन हुन्छ, जति असक्षम हुन्छ केही काम हुने वाला छैन । अनि २४ वर्षपछि हाम्रो छोरा छोरीले कसरी यो देश चलाउँला ? त्यसैले हामीले अहिले नै काम गर्नुपर्छ । समय अहिले नै हो । पछि गर्छु भन्ने हुदैँन । हाम्रो देश नाजुक अवस्थामा पुगिसकेको छ ।
नेपाल जस्तो राम्रो देश कुनै छैन । तर अवस्थामा अलिकति परिवर्तन ल्याउँन जरुरी छ । तपाई हामी इमान्दार भएर काम गरे २५ वर्षपछि हाम्रो देश कहाँ पुग्छ ? अहिलेको होमवर्क अहिले नै गरेन भने २५ वर्षपछि एकदमै गारो हुन्छ ।
नेपालको राम्रो पक्ष सगरमाथा मात्र हैन । नेपाली कामदारहरु लगनशील, इमान्दार हुन्छन्, त्यसैले विभिन्न देशले नेपाली कामदारलाई मन पराउँछन् । नेपाली मान्छे नै राम्रो हो तर पनि देशको अवस्था किन यस्तो ? त्यो ठूलो प्रश्न हो । यो अवार्डको लागी म मात्रै होइन मेरो सम्पुर्ण टिमलाई सम्झन चाहान्छु ।
मलाई विस्वास छ। सबै जना युनाइटेड हुनुपर्छ ।
(सबैभन्दा धेरै व्यक्तिगत आयकर तिर्ने अवार्ड जितेपछि व्यावसायी शाहले कर दिवस २०८१ मा राखेको विचार)
प्रतिक्रिया दिनुहोस्