काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ४.९८ अंकले बढेर २७५३.७६ मा पुगेको हो ।
आइतबार ३ सय २६ कम्पनीको २ करोड ४४ लाख २६ हजार ९ सय कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ७२ करोेड ६७ लाख ५६ हजार ९ सय ४ रुपैयाँ संकलन भएको छ ।
आज २ कम्पनीको सेयरमा नकरात्मक सर्किट लागेकोे छ । त्यस्तै, मकर जितुमाया सुरी हाइड्रोपावरको ८ प्रतिशत, बेस्ट फाइनान्सको ५.०५ प्रतिशत, ग्लोबल आइएमई ब्यालेन्स फण्डको ५.०४ प्रतिशत सहित १२६ कम्पनीको सेयर घटेको छ ।
प्रतिक्रिया दिनुहोस्