Shikhar Insurance
National Life

नेपाल टेलिकमको सुन्धारा शाखामा ‘मैना’ रोबर्टबाट सेवा सुरु

सिंहदरबार संवाददाता
२०८१ मंसिर २, आईतवार १३:४८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल टेलिकमले सुन्धारा शाखामा आजदेखि मैना रोबर्टबाट सर्भिस डेलिभरी आरम्भ गरेको छ । टेलिकमले बलियो भेन्चर कम्पनीले निर्माण गरेको रोबर्टलाई आजदेखि प्रयोगमा ल्याएको हो ।

रोबर्टको नाम मैना राखिएको छ । रोबर्टले नेपाल टेलिकमले दिने सेवासुविधा र प्याकेजहरुको विषयमा ग्राहकहरुलाई जानकारी दिने नेपाल टेलिकम सुन्धारा शाखाका प्रमुख दिनेश पन्थीले बताए । उनले आज मैना रोबर्टको डेमो मात्रै शुरु गरिएको बताउँदै सुन्धारा कार्यालयलाई नेपाल टेलिकमको उत्कृष्ट सेवा दिने कार्यालय बनाउने हिसावमा विभिन्न कार्यहरु शुरु गरेको पनि जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले सोही लक्ष्यअनुरुप रोबर्टबाट सर्भिस डेलिभरी सुविधा शुरु गरिएको जनाए । पन्थीले रोबर्टलाई ६ सय प्रश्नको तालिम गराएको उल्लेख गरे । उनले नेपाल टेलिकमले दिने सेवा सुविधा र प्याकेजहरुबारे मैना रोबर्टलाई तालिम गराउने र नेपाल टेलिकमले दिने सेवा सुविधा र कम्पनीका बारेमा ग्राहकहरुले रोबर्टसँग जिज्ञासा राख्नसक्ने व्यक्त गरे ।

उनले भने, ‘सुन्धारा कार्यालयमा बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म सर्भिस दिन्छौँ । शनिवार पनि खुला हुन्छ । रोबर्टलाई ६ सय प्रश्नको तालिम गराएका छौं । त्यो भन्दा बढी जानकारी पनि रोबर्टबाट लिन सकिन्छ । बिस्तारै नेपाल टेलिकमले दिने सेवा सुविधा र प्याकेजहरु निकालिन्छ । नेपाल टेलिकमले दिने सेवा सुविधा र कम्पनीका विषयमा मैना रोवर्डलाई सोध्न सकिन्छ ।’

उनले सुन्धारा कार्यालयमा विहान ७ बजेदेखि बेलुका ७ बजेसम्म सर्भिस दिने गरेको बताउँदै हरेक शनिबार पनि कार्यालय खुला हुने बताए । उनले शाखाले कात्तिक महिनाको उत्कृष्ट कर्मचारीमा कपिल लामिछानेलाई घोषणा गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्