Shikhar Insurance
National Life

क्षमताभन्दा तेब्बर कैदीबन्दी पुगेपछि व्यवस्थापनमा कठिनाइ

सिंहदरबार संवाददाता
२०८१ मंसिर २, आईतवार १२:३२
Hyundai
NCELL
NIMB

चितवन । जिल्लाको कारागार कार्यालय भरतपुरमा चार्डपर्वको समयमा ५९ जना कैदीबन्दी थपिएका छन् । गत असोज १५ गते सात सय ५६ कैदीबन्दी रहेको कारागारमा कात्तिक मसान्तसम्ममा ८१५ कैदीबन्दी रहेको कारागार कार्यालय भरतपुरले जनाएको छ ।

कार्यालयका प्रमुख कमलप्रसाद आचार्यका अनुसार थपिएका कैदीबन्दीमा लागुऔषध र चोरी मुद्दाका बढी रहेका छन् । कारागारमा कैदीबन्दी थपिएसँगै व्यवस्थापनमा कठिनाइ भएको उनले बताए । उनका अनुसार कारागारमा क्षमताभन्दा झण्डै तेब्बर कैदीबन्दी रहेका छन् । हाल २५ जनाको क्षमता रहेको महिला बन्दीगृहमा ४९ र दुई सय ५५ जनाको क्षमता रहेको पुरुष बन्दीगृहमा सात सय ६६ जना रहेका छन् । उनीहरुसँग तीन जना आश्रित बालबालिका पनि रहेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यहाँ छिमेकी जिल्ला नवलपरासी ९बर्दघाट सुस्तापूर्व०बाट समेत कैदीबन्दी ल्याउने हुँदा चाप बढेको उनले जानकारी दिए । अहिलेसम्म व्यवस्थापन गरिएको भए पनि अब कैदीबन्दी बढ्दो क्रममा आए व्यवस्थापनमा कठिनाइ हुने उनले बताए । उनले भने ‘चार्डपर्व सकिएलगत्तै कैदीबन्दी आउने क्रम तीव्र हुने गरेको छ ।’

अहिले कारागारमा मौसममा आएको परिवर्तनसँगै ज्वरो र रुघाखोकीका बिरामी बढ्न थालेका छन् । आचार्यका अनुसार अहिले २०–२५ जना रुघाखोकीका बिरामी रहेका छन् । उनीहरुलाई स्वास्थ्य शाखाबाट निगरानीमा राखेर उपचार गरिएको छ । भीडभाड हुने क्षेत्र भएकाले रोग फैलनसक्ने उनले जानकारी दिए । कार्यालयले कैदीबन्दीका लागि आवश्यक न्यानो कपडा वितरण गर्ने तयारी गरेको उनले जानकारी दिए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्