काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति गरेको छ ।
कम्पनीको कात्तिक ३० गते बसेको सञ्चालक समितिको निर्णय अनुसार बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा शिव प्रसाद आचार्य नियुक्त गरेको हो ।
बैंकले वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत आचार्यलाई मंसिर १ गतेदेखि नै लागू हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि कायम मुकायम सीईओको जिम्मेवारी दिने निर्णय गरेको एक सूचनामार्फत बैंक ले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्