काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार ढालेर फेरि आफ्नो नेतृत्वमा सरकार बन्ने घोषणा गरेका छन् ।
शनिबार माओवादीको काभ्रे– काठमाडौं सम्पर्क समितिको भेलामा उनले आफूहरु प्रमुख विपक्षी दल रहेको र यो सरकार तलमाथि भएमा आफूहरुकै सरकार बन्ने घोषणा गरेका हुन् ।
‘यही हलमा हो मैले ३२ को संख्यालाई जादुको संख्या भयो भनेको थिएँ, मेरो भनाइले उनीहरुले उद्धेलित र तरंगित भए होलान् । मैले त्यो नभनेको भए पनि हुन्थ्यो होला’, प्रचण्डले भने ।
उनले आफुहरुको म्याजिक नम्बरबाट काङ्ग्रेस-एमाले आत्तिएको पनि बताए । ‘अहिले पनि हाम्रो संख्या म्याजिक नै छ । किनभने हामी ३२ भएको हुनाले प्रमुख विपक्षी दलको नेता छ हाम्रो पार्टी त्यो भनेको गभरमेन्ट इन वेटिङ हो, पर्खिराखेको सरकार भन्छ । यो सरकारलाई उल्ट्याएर बन्ने सरकार हाम्रै हो त्यसैले चिन्तित हुने कुरा छैन ।’
पछिल्लो केहिदिन देखि आक्रामक अभिव्यक्ति दिईरहेका प्रचण्डले केपी ओलिले चीन कार्ड खेलेको आरोप लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस्