काठमाडौं । सरकारले गत आर्थिक वर्ष २०७९/८० मा धेरै कर तिर्ने व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरेको छ । कर दिवसका अवसरमा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले उत्कृष्ठ करदाताहरुलाई सम्मान गरेका हुन् ।
यसपाली पनि व्यक्तिगत तर्फ धेरै आयकर तिर्नेमा बिजय बहादुर शाह नै सम्मानित भएका छन् । बैंकिङ तर्फ नबिल बैंकले फेरि पनि उत्कृष्ठ करदाताको सम्मान पाएको छ ।
निर्यातमा डाबर नेपालले सम्मान पाउँदा सूचना प्रबिधिमा निर्यातमा कड्ताप टेक प्रालीले सम्मान पाएको छ । कृषिमा पतञ्जली आयुर्वेद सम्मानित हुँदा शिक्षामा लुम्बिनी मेडिकल कलेज र पर्यटनमा तारागाउँ रिजेन्सी होटलले उत्कृष्ठ करदाताको सम्मान पाएको छ ।
दुर सञ्चार तर्फ भने नेपाल टेलिकमले धेरै कर तिरेर सम्मान पाएको छ । इन्टर प्राइजेज तर्फ श्रुति ट्रेडर्सले सम्मान पाएको छ । बस्तु व्यापारमा भाटभटेनी सुपर मार्केटले उत्कृष्ठ करदाताको सम्मान पाउँदा सीडीएस एण्ड क्लियरिङ पनि सम्मानित भएको छ ।
उर्जामा भोटेकोशी पावरले सम्मान पाउँदा रेमिटेन्समा भने यसपाली सीटी एक्सप्रेसले सम्मान पाएको छ । धेरै भ्याट तिरेर होङसी सिमेन्ट, सोल्टी इन्टरप्राइजेज र बरुण बेभरेजले सम्मान पाएका छन् ।
प्रतिक्रिया दिनुहोस्