Shikhar Insurance
National Life

महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच अन्तरदेशीय क्युआर पेमेन्टका लागि सहकार्य

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ३०, शुक्रबार १७:४२
Hyundai
NCELL
NIMB

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबीच डिजिटल भुक्तानी गर्ने सम्झौता भएको छ । बैंक र क्लियरिङ्ग हाउसबीच अलिपे प्लसद्धारा एकीकृत विभिन्न क्षेत्रीय र अन्तराष्ट्रिय मोबाइल वालेट, बैंकिङ्ग एप तथा अन्य डिजिटल भुक्तानीको माध्यमबाट नेपालमा भुक्तानी गर्न मिल्ने गरी सम्झौता भएको हो ।

यस समझदारी अन्तर्गत चीन, हङकङ, मकाओ, सिंगापुर, मलेसिया, फिलिफिन्स, मंगोलिया, थाइल्याण्ड, दक्षिण कोरिया र इटाली जस्ता मुलुकबाट नेपाल घुम्न आएका पर्यटकहरुले अलिपे प्लस नेटर्वकमा आबद्ध भएका विभिन्न डिजिटल भुक्तानीका माध्यमहरुको प्रयोग गरी महालक्ष्मी विकास बैंकले उपलब्ध गराएका क्युआरमा सहज रुपमा क्युआर पेमेन्ट गर्न सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस्ता कार्यबाट नेपालको आर्थिक तथा पर्यटन विकासमा सहयोग पुर्‍याउन तथा नेपाल सरकार साथै नेपाल राष्ट्र बैंकले अख्तियार गरेको डिजिटल नेपालको अभियानलाई समेत यस्तो अभियानले टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

यस अघि पनि यस बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच नेपाल र भारत बिच अन्तरदेशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

डिजिटल भुक्तानीका माध्यमहरुको नविनतम प्रयोग प्रति बैंक सँधै प्रतिबद्ध रहेको र नेपालभर रहेको शाखा सञ्जाल तथा मर्चेन्ट नेटर्वकको माध्यमबाट अन्तरदेशीय क्युआर भुक्तानीमा समेत अग्रणी सेवा प्रदायकको रुपमा स्थापित हुने विश्वास बैंकले लिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्