Shikhar Insurance
National Life

नेको इन्स्योरेन्सको नाफा ७ करोड माथि, खुद बीमाशुल्क साढे २८ करोड

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ३०, शुक्रबार १२:१८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आवको पहिलो त्रैमाससम्ममा ७ करोड ४ लाख ६८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

कम्पनीले अघिल्लो आवको सोही अवधिको तुलनामा १९.९६ प्रतिशत अर्थात् १ करोड ७५ लाख ७४ हजार रुपैयाँले कम खुद नाफा आर्जन गरेको हो । कम्पनीले अघिल्लो आवको सोही अवधिमा ८ करोड ८० लाख ४३ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

समीक्षा अवधिमा कम्पनीले ५० करोड ४८ लाख २९ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ भने २८ करोड ५५ लाख ९१ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको रिटेन्ड अर्निङमा ५९ करोड ८८ लाख ५४ हजार रुपैयाँ रहेको छ ।

अभिकर्ता कमिशन १ करोड ११ लाख ८३ हजार रुपैयाँ रहेको कम्पनीको कम्पनीको प्रतिशेयर आम्दानी १४.०१ रुपैयाँ, प्रतिशेयर नेटवर्थ २ सय ७९.८१ रुपैयाँ पीई रेसियो ६७.३९ रुपैयाँ रहेको कम्पनीकाे तथ्यांकले देखाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्