Shikhar Insurance
National Life

२३.७२ प्रतिशतले बढ्यो हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफा, प्रतिसेयर आम्दानी कति ?

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ३०, शुक्रबार ११:५८
Hyundai
NCELL
NIMB

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले पहिलो त्रैमासमा ६ करोड ६१ लाख ८० हजार रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ३४ लाख ९० हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आवको सोही अवधिको तुलनामा कम्पनीको नाफा २३.७२ प्रतिशतले बढेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

चालु आवको प्रथम त्रैमासमा कम्पनीको चुक्तापुँजी २ अर्ब ५० करोड १ लाख ५७ हजार रुपैयाँ रहेको छ भने कम्पनीको रिटेन्ड अर्निङमा ८७ करोड २१ लाख ३८ हजार रुपैयाँ जम्मा रहेको छ । समीक्षा अवधिमा कम्पनीले ७५ करोड ४९ लाख ५२ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको भने ५६ करोड ४७ लाख २४ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ ।

कम्पनीको अभिकर्ता कमिशन ९४ लाख ९९ हजार रुपैयाँ, प्रतिसेयर आम्दानी १०.५९ रुपैयाँ, प्रतिशेयर नेटवर्थ २०५.४१ रुपैयाँ, पीई रेसियो ६३.८३ प्रतिशत रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्