काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको मूल्य सामान्य बढेको छ । अघिल्लो दिन २ हजार २ सय रुपैयाँले घटेको सुन आज प्रतितोला १ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यसायी महासंघका अनुसार अघिल्लो दिन १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ लाख ६० हजार १ सय रुपैयाँमा किनबेच भएको छ ।
त्यस्तै, आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ९ सय १० रुपैयाँमा किनबेच भएको छ । चाँदी अघिल्लो दिन १ हजार ९ सय ५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
प्रतिक्रिया दिनुहोस्