काठमाडौं । अर्थ मन्त्रालयले चालु वर्षको पहिलो तीन महिनामा २ अर्ब ५१ करोड ९९ लाख ६६ हजारको स्रोतान्तर, रकमान्तर, स्रोत सहमति दिएको छ ।
अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले बजेट शिर्षक बाहिरबाट सो बराबर भुक्तानी दिएका हुन् । अर्थ मन्त्रालयले २ अर्ब ३६ करोड रकमान्तर गर्न कृषि तथा पशुपन्छी मन्त्रालयलाई स्वीकृत दिएको छ । विशेष कृषि उत्पादन कार्यक्रमको सो रकम लगानी विविधमा रकमान्तर गरिएको हो । कृषि मन्त्रालयले सो रकम दुग्ध विकास संस्थानमा ऋण लगानीको रुपमा प्रदान गरेको हो ।
परराष्ट्र मन्त्रालयलाई चीन सरकारले उपलब्ध गराएको गाडी जाँचपासका लागि१ करोड ५६ लाख ६२ हजार थप निकासा दिएको छ । अर्थ मन्त्रालय अन्तर्गतकै महालेखा नियन्त्रक कार्यालयका लागि १४ करोड ३ लाख रुपैयाँ थप निकासा दिएको छ । यो रकम स्वीस एसडीसी नगद अनुदानको रकम खर्च हुन नसकी संघिय राजस्वमा जम्मा भएको भएकोले पुन: स्वीस एसडीसीमै फिर्ता गर्नका लागि थप निकासा दिएको हो ।
अर्थमन्त्री पौडेलले २ जनालाई आर्थिक सहायता प्रदान गरेको छ । कृष्णमोहन कोइरालाको उपचार खर्चका लागि ५ लाख र सुरेन सुनुवारका आश्रित परिपवारका लागि २० लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्