Shikhar Insurance
National Life

प्राधिकरणले पुरानै बिल अनुसार पैसा तिर्न जारी गर्यो सूचना, डेडलाइन मंसिर १२ गते

सिंहदरबार संवाददाता
२०८१ कार्तिक २९, बिहीबार ०७:४१
Hyundai
NCELL
NIMB

काठमाडौं । विद्युत प्राधिकरणले ट्रंक र डेडिकेटेड विद्युत मशसुल तिर्न बाँकी उद्योगीलाई नयाँ सूचना जारी गरेको छ । मन्त्रिपरिषदको कात्तिक २५ गतेको निर्णय अनुसार मंसिर १२ गतेभित्र सबै उद्योगीलाई प्राधिकरणले पत्राचार गरेको हो ।

सूचनामा भनिएको छ, ‘नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड फिडर तथा ट्रक लाइनबाट विद्युत आपूर्ति लिएका उद्योगहरूको बक्यौता महसुल असुली सम्बन्धमा नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०६१।०७।२५ को बैठक र नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको मिति २०८१।०७।२७ को ९८७ औं बैठकबाट बक्यौता महसुल १५ दिनभित्र असुलउपर गर्ने निर्णय भएको छ। सोही अनुरूप वितरण केन्द्रहरूबाट सम्बन्धित उद्योगको २०७२ माघदेखि २०७५ वैशाखसम्म TOD मिटरमा रेकर्ड भएको डिमान्ड तथा T1,T2, र T2, Time Interval मा रेकर्ड भएको खपत इनर्जीको आधारमा गणना गरिएको छुट बिल प्राप्त गर्नु भएकै होला । अतः उक्त बिल अनुसारको बक्यौता महसुल १५ दिन (अर्थात् २०६१ मङ्सिर १२ गते) भित्र सम्बन्धित वितरण केन्द्रमा बुझाउनुहुन अनुरोध गरिन्छ । तोकिएको समयमा बक्यौता महसुल भुक्तानी नभएमा नियमानुसार भइजाने व्यहोरा समेत जानकारी गराइन्छ ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्राधिकरणको सूचना अनुसार उद्योगीले यसअघि नै पाइसकेका बिलबाट पैसा बुझाउनु पर्नेछ । यद्यपी उद्यीहरुले भने प्राधिकरणले पठाएको बिलमा प्रमाण नपुगेको दाबी गरिरहेका छन् । मन्त्रिपरिषदको निर्णय र लाल आयोगको प्रतिवेदनले विवाद निरुपण गर्ने अनुमानकाबिच विवाद अझै लम्बिने देखिएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्