काठमाडौं । स्टक ब्रोकर्स एशोसिएसन अफ नेपाल र धितोपत्र ब्रोकर्स एशोसिएसन नेपालबीच मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । कार्तिक २८ गते बाटै दुई एसोसिएसन एक भएको घोषणा गर्दै दुई एसोसिएसनका अध्यक्षहरुद्वारा यस सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।
स्टक बोकर्स एसोसिएसन अफ नेपाल र धितोपत्र ब्रोकर्स एसोसिएसन नेपाललाई एकीकरण गरी सम्पूर्ण धितोपत्र व्यवसायी धितोपत्र दलाल तथा धितोपत्र व्यापारीहरुको बृहत्तर हितका लागि साझा व्यावसायिक संघ निर्माण गर्न स्टक बोक्स एसोसिएसन अफ नेपालको तर्फबाट निवर्तमान अध्यक्ष सन्तोस मैनालीको संयोजकत्वमा कोषाध्यक्ष मदन पौडेल र सचिव सुयोग अधिकारी सम्मिलित तीन सदस्यीय समिति र धितोपत्र ब्रोकर्स एसोसिएसन नेपालको तर्फबाट महासचिव कृष्ण गिरीको संयोजकत्वमा कोषाध्यक्ष सुमन कुमार मल्ल तथा सदस्य सन्दिप विक्रम राणा सहितको तीन सदस्यीय समिति बीच विभिन्न चरणमा छलफल भई कायम गरिएका निम्न बमोजिमका सम्झौताहरुलाई कार्यान्वयन गरि उक्त कार्यक्रम सम्पन्न गरेका छन् ।
- ३१ वर्षको लामो इतिहास बोकेको स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाललाई सम्पूर्ण धितोपत्र व्यवसायी धितोपत्र दलाल तथा धितोपत्र व्यापारीहरुको साझा व्यावसायिक संघको रुपमा निरन्तरता दिइने छ ।
- धितोपत्र ब्रोकर्स एसोसिएसन नेपालमा सदस्य रहेका सबै धितोपत्र दलाल व्यवसायीहरुलाई स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले एक मुष्ट रुपमा सदस्यता प्रदान गर्ने छ । धितोपत्र ब्रोकर्स एसोसिएसन नेपाललाई संस्थागत समाजिक उत्तरदायित्व र लगानीकर्ता शिक्षा तथा सचेतना अन्तर्गतका कार्यक्रम सञ्चालन गर्ने अङ्गको रूपमा अगाडि बढाइनेछ ।
- दुवै एसोसिएसनमा हाल सदस्य नभएका धितोपत्र व्यवसायी धितोपत्र दलाल तथा धितोपत्र व्यापारीहरुलाई स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको सदस्यता लिन आह्वान तथा सहजीकरण गरिने छ ।
प्रतिक्रिया दिनुहोस्