Shikhar Insurance
National Life

महिला सशक्तिकरणका अभियान विस्तार गर्ने योजनामा छौँ: मन्त्री यादव

सिंहदरबार संवाददाता
२०८१ कार्तिक २८, बुधबार १६:४३
Hyundai
NCELL
NIMB

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले महिला सशक्तिकरणका अभियानलाई विस्तार गर्ने योजनामा सरकार रहेको बताएका छन् । बुधबार वीरगञ्जमा आयोजित वीरगञ्ज महानगरपालिकाले १० हजार भन्दा बढी किशोरीहरुलाई आत्मारक्षाका लागि दिएको तालिमको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुुन् ।

उनले वीरगञ्ज महानगरपालिकाले शुरु गरेको अभियान शुरुवात मात्रै भएको भन्दै अन्य जिल्लाहरुमा पनि किशोरीहरुका लागि आत्मरक्षाको कार्यक्रम अघि बढाउँदै लैजाने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

किशोरीहरुको सशक्तिकरणको लागि तालिम कार्यक्रमहरु सञ्चालन गर्न सरकारले अब ढिला नगर्ने बताउँदै भने, ‘भविष्यमा अन्य जिल्लाहरुमा पनि यस्ता तालिम सञ्चालन गर्ने, महिला सशक्तिकरण अझ बिस्तार गर्ने सरकारको योजना रहेको छ । किशोरीहरुको सशक्तिकरणको लागि तालिम कार्यक्रमहरु सञ्चालन गर्न हामी कटिवद्ध छौँ । हिंसाजन्य गतिविधि भए प्रतिकार गर्न सिकाउँछ, महिला हिंसा सहन सकिँदैन, आत्मरक्षा गर्न सक्छन् भन्ने विश्वास दिलाउँछ ।’

मन्त्री यादवले यस्ता तालिमहरुले जीवनमा आत्मबल, आत्मविश्वास बढाउने, शारीरिक र मानसिक रुपले बलियो बनाउने र हिंसाजन्य गतिविधि भए प्रतिकार गर्न सिकाउने बताए ।

महानगरपालिकाले एकसाथ १० हजार भन्दा बढी किशोरीलाई आत्मरक्षाको तालिम दिएर विश्व रेकर्डसहित गिनिज बुकमा धेरै किशोरीलाई एक साथ तालिम दिएर महानगरको नाम लेखाउने तयारीअनुसार तालिम कार्यक्रम आयोजना गरिएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्