काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४.१२ अंकले घटेर २७३४.८३ मा पुगेको हो ।
बुधबार ३०८ कम्पनीको १ करोड ५३ लाख ६२ हजार २ सय ६ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ९१ करोड १९ लाख ७६ हजार ४ सय ४९ रुपैयाँ संकलन भएको छ ।
आज कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयरमा नकरात्मक सर्किट लागेको छ । त्यसैगरी, केबीएल डिबेन्चरको ७.७४ प्रतिशत, समाज लघुवित्तको ४.९३ प्रतिशत, एनएलजी इन्स्योरेन्सको ४.०४ प्रतिशत सहित १६३ कम्पनीको सेयर घटेको छ ।
प्रतिक्रिया दिनुहोस्