काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४.१२ अंकले घटेर २७३४.८३ मा पुगेको हो ।
बुधबार ३०८ कम्पनीको १ करोड ५३ लाख ६२ हजार २ सय ६ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ९१ करोड १९ लाख ७६ हजार ४ सय ४९ रुपैयाँ संकलन भएको छ ।
बुधबार ५ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । आज रावा इनर्जी डेभलपमेन्टको ९.९१ प्रतिशत, बलेफी हाइड्रोपावरको ९.८८ प्रतिशत, सपोर्ट माइक्रोफाइनान्सको ९.१५ प्रतिशत, जानकी फाइनान्सको ९ प्रतिशत सहित १२६ कम्पनीको सेयर बढेको हो ।
प्रतिक्रिया दिनुहोस्