Shikhar Insurance
National Life

जग्गा वर्गीकरण नटुङ्ग्याउँदा राजस्व सङ्कलनमा असर

सिंहदरबार संवाददाता
२०८१ कार्तिक २८, बुधबार १३:२०
Hyundai
NCELL
NIMB

तनहुँ । यहाँको व्यास नगरपालिका कार्यालयले जग्गा वर्गीकरणको काम नटुङ्ग्याउँदा राजस्व सङ्कलनमा असर परेको छ । गत साउनदेखि जग्गा वर्गीकरणको काम रोकिँदा राजस्व सङ्कलनमा कमी आएको हो ।

कृषिको जग्गालाई कृषिमा र आवासीय जग्गालाई आवसीयमा राख्ने गरी वर्गीकरण प्रक्रिया अन्तिम चरणमा पुगेको व्यासका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसअघि कृषियोग्य र आवासीय जमिनको लिखित अभिलेख थिएन् उनले भने ‘कार्यपालिका बैठकले आगामी मङ्ङिसरभित्र वगीृकरण टुङ्ग्यिाउने योजना बनाएको छ ।’ नगरपालिकामा जग्गा वर्गीकरण सम्पन्न नहुँदा किनबेच कार्य प्रभावित भएको भन्दै मालपोत कार्यालयमा राजस्व सङ्कलनमा कमी आएको गैरेले बताए ।

दश पालिका रहेको जिल्लामा अन्य पालिकाको तुलनामा व्यासमा जग्गाको कारोबार बढी हुने गरेको मालपोत अधिकृत केशवराज सुवेदीले जानकारी दिनुभयो । धितो बन्धक र राजीनामा गरी दिनमा ३० वटासम्म काम हुने गरेको छ उनले भने ‘जग्गा वर्गीकरण गरी खुला गरेको अवस्थामा दिनमा ४५ वटासम्म काम गर्न सकिनेछ ।’

कार्यालयका अनुसार गत आर्थिक वर्षको साउनदेखि असोजसम्म ८ करोड ७८ लाख ९६ हजार सात सय १४ राजस्व सङ्कलन भएकामा चालु आवको सोही अवधिमा ६ करोड २८ लाख ६८ हजार पाँच सय ४९ गरेको छ । गत आवको तुलनामा चालु आवमा २ करोड ५० लाख २८ हजार एक सय ६५ राजस्व सङ्कलनमा कमी आएको कार्यालय प्रमुख सुवेदीले जानकारी दिए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्