काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणमा सेयर बिक्री खुल्ला गरेको छ । संस्थाले संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेपछि सर्वसाधारणमा सेयर बिक्री खुल्ला गरेको हो ।
संस्थाले सेयरधीहरुको नाममा रहेको २ लाख १४ हजार ६ सय ७४ सेयर बिक्रीमा ल्याएको थियो । सेयरको प्रतिकित्ता न्युनतम मूल्य भने तोकिएको छैन ।
उक्त संस्थापक सेयर खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाले यो सूचना प्रकाशित भएको १५ दिनभित्र आवश्यक कागजात संलग्न गरी संस्थाको केन्द्रीय कार्यालय बन्दीपुर-१, डुम्रे, तनहुँमा आफुले खरिद गर्न चाहेको सेयर ब्यहोरा खुलाई निवेदन दिनुपर्ने संस्थाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्