काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११.२४ अंकले घटेर २७४८.९६ मा पुगेर बजार बन्द भएको हो ।
मंगलबार ३१२ कम्पनीको १ करोड ६७ लाख ८६ हजार ९ सय ३४ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ८५ करोड ९७ लाख ४० हजार ७९८ रुपैयाँ बराबारको कारोबार भएको छ ।
मंगलबार गुडविल फाइनान्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २९ करोड २८ लाख ६१ हजार २ सय ६ रुपैयाँ संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता १ हजार ४४ रुपैयाँ पुगेको छ ।
मंगलबार ८० कम्पनीको सेयर मूल्य बढ्दा १५७ कम्पनीको सेयर मूल्य घटेको छ भने ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
साथै, मंगलबार ४ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ भने गुडविल फाइनान्सको सेयर मूल्य ९.३६ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्