Shikhar Insurance
National Life

काठमाडौं महानगरले गर्यो कान्ति बाल अस्पताललाई साढे ५ करोड सहयोग

सिंहदरबार संवाददाता
२०८१ कार्तिक २७, मंगलवार १४:४३
Hyundai
NCELL
NIMB

काठमाडौं । काठमाडौं महानगरपालिकाले महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा ‘मोडुलर अपरेसन थियटर’ निर्माण गर्ने भएको छ । अस्पतालका निर्देशक डा पङ्कज रायले उक्त कार्यका लागि महानगरले  ५ करोड ५० लाख उपलब्ध गराउने सम्झौता भएको जानकारी दिए ।

मोडुलर अपरेसन थियटर निर्माण तथा उपकरण जडान आगामी जेठ मसान्तभित्र सम्पन्न गरिने जनाइएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँले बालबालिकाको उपचार व्यवस्था सहज बनाउन सहयोग गर्न लागिएको बताए । उनले बाल रोगको उपचारका लागि उक्त कार्य सम्पन्न भए पश्चात महानगरवासीले विशेष सहुलियत प्राप्त गर्ने अपेक्षा गरिएको जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

महानगरपालिकाले प्रगतिका आधारमा बढीमा तीन किस्तामा सम्झौताबमोजिम रकम उपलब्ध गराउने भएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्