Skip to content
Shikhar Insurance
National Life

चुडामणी शर्मासहित ३ जनाविरूद्ध विशेष अदालतमा मुद्दा, १ अर्ब ३३ करोड बिगो र १० वर्ष जेल

Hyundai
NCELL
NIMB

काठमाडौं । आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासहित तत्कालीन कर फर्छ्यौट आयोगका पदाधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मासहित आयोगका अध्यक्ष लुम्बध्वज महत, उमेशप्रसाद ढकालविरूद्ध मुद्दा दायर गरेको हो ।

आयोगका पदाधिकारीले कानून विपरीत बदनियतपूर्वक १ अर्ब ३३ लाख २० हजार ५ सय ८५ रुपैयाँ कर छुट दिएको आरोपसहित भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

सरकारले वि.सं. २०७१ सालमा गठन गरेको कर फर्छ्यौंट आयोगका पदाधिकारी रहेका उनीहरूले बेला कर फर्छ्यौट आयोग ऐन, २०३३ को दफा १७ बमोजिम असल नियतले आफ्नो कार्य सम्पादन नगरी व्यक्तिगत लाभ हुने र राज्यलाई हानि नोक्सानी पुर्‍याई बदनियतपूर्ण काम गरेको स-प्रमाण पुष्टि भएको अख्तियारले जनाएको छ ।

करदाताहरूको विभिन्न कर शीर्षकमा कर बक्यौता रहेकोमा कर फर्छ्यौट आयोगका पदाधिकारीहरूले आपसी कुराकानीलाई मात्र आधार लिई कर छुट दिने गरी सम्झौता गरी मनोमानी किसिमले बदनियतपूर्वक एक अर्ब ३३ लाख २० हजार ३८५ रुपैयाँ बक्यौता कर छुट दिएको पुष्टि भएको अख्तियारको भनाइ छ ।

अख्तियारले तत्कालिन कर फर्छ्योट आयोगका अध्यक्ष लुम्बध्वज महत, उमेशप्रसाद ढकाल र तत्कालिन आन्तरिक विभागका महानिर्देशक चुडामणि शर्मा ढकालको काम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ र दफा ७ को देहाय (क) मा परिभाषित कसुर गरेको पुष्टि हुन आएको बताएको छ ।

उनीहरुविरुद्ध एक अर्ब ३३ लाख २० हजार ३८५ रुपैयाँ विगो कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ (१) (झ) बमोजिम ८ देखि १० वर्षसम्म कैद सजाय माग गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्