Shikhar Insurance
National Life

जनकपुर रिफाइनरिजले गर्यो उच्च अदालत पाटनको दुरुपयोग, नक्कली प्रज्ञापन पत्र लिएर अग्रिम आदेश लिन खोजेपछि..

सिंहदरबार संवाददाता
२०८१ कार्तिक २७, मंगलवार ०८:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । पाम (पामोलिन) तेलको व्यापार गर्ने जनकपुर रिफाइनरिजले उच्च अदालत पाटनको चरम दुरुपयोग गरेको छ । नक्कली प्रज्ञापन पत्र देखाई अग्रिम आदेश लिन खोजेपछि कम्पनी आफैं फसेको हो ।

क्रुड (कच्चा) तेल भन्दै तयारी तेल ल्याएर भारत निकासी गरिरहेको जनकपुर रिफाइनरिज एकपछि  अर्को विवादमा फसेको छ । कम्पनीले उच्च अदालत पाटनबाट अन्तरिम आदेश माग गर्दै भन्सार विभागलाई विपक्षी बनाएर मुद्दा दायार गरेको थियो । सो मुद्दामा अदालतले भन्सार विभागमा सोधि खोजी गर्दा विभागले सरकारी वकिल कार्यालयबाट जनकपुर रिसफाइनरिजले पेश गरेको प्रज्ञापन पत्र माग गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सरकारी वकिल कार्यालयले भन्सार विभागलाई प्रदान गरेको प्रज्ञानपन पत्रमा एम नम्बरनै नभेटिएपछि विभागले जनकपुर रिफाइनरिजको प्रज्ञापन पत्र नै नक्कली भएको पत्राचार गरेको हो । एम नम्बर भनेको कुनै व्यवसायी भन्सार नाकामा सामान घोषणा गर्दा भन्सार विभागको प्रणालीले अटो रुफमा जेनेरेट गर्ने कोड नम्बर हो ।

मेची भन्सार कार्यालयका प्रमुख राजेन्द्र प्रसाद चुडालका अनुसार कम्पनीले नक्कली प्रज्ञापन पत्र बनाई उच्च अदालत पाटनमा पेश गरेको हो । प्रमुख चुडालले सिंहदरबारसँग भने, “जनकपुर रिफाइनरिजले आफैं निर्माण गरेको र वास्तविक रुपमा भन्सार र्याडमा सामान आइनसकेको अवस्था हो, उनीहरुको गल्ति अदालतले पत्ता लगाएपछि उनीहरु नै आफैं पछि हटिसकेका छन् ।”

जनकपुर रिफाइनरिजले गलत काम गरेको भए अब उन्मुक्ति नपाउने भन्सार विभागका महानिर्देशक हरिशरण पुडाशैनीले बताए । उनले भने, “अदालतको विषमयमा धेरै बोल्न मिल्दैन, यदी उसले नक्कली प्रज्ञापनपत्र पेश गरेको हो भने सरकारी कागजात किर्तेमा कारबाही गर्नुपर्छ ।”

जनकपुर रिफाइनरीजको भन्सार विभागसँग लफडै लफडा

जकपुर रिफाइनरीजले सबैभन्दा पहिले विराटनगर भन्सार कार्यालयबाट क्रुड भन्दै तयारी पामोलिन जाँचपास गर्ने प्रयास गरेको थियो । विराटनगर भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्र ढकालले शंका लागेपछि केहि नमुना (स्याम्पल) झिकेर भन्सार विभागको प्रयोगशालामा चेकजाँच गर्दा तयारी भएको प्रमाणित भएको थियो ।

विभागको प्रयोगशालाबाट तयारी तेल भएको प्रमाणित भएपछि कम्पनी उच्च अदालत पाटन पुग्छ । उसले अन्तरिम आदेश ल्याउँदै ५ प्रतिशत धरौटी राखेर तेल छुटाएको छ । तर विराटनगर भन्सार कार्यालयले भने सो तेल तयारी भन्सार शिर्षकमै वर्गिकरण गरेको छ ।

विराटनगर भन्सार कार्यालयमा लफडा परेपछि कम्पनी मेची भन्सार कार्यालयमा पुगेको थियो । तत्कालिन मेची भन्सार प्रमुख रामप्रसाद रेग्मीसँगको मिलेमतोमा कम्पनीले बैंक ग्यारेन्टीमै तेल छुटाएको थियो । सो विषयमा भन्सार विभागको समेत ध्यानाकर्षण भएपछि पछि कार्यालयले कैफियत सच्याएको थियो । विवादित काम गर्दै आएको कम्पनीले अहिले पनि गभ्भिर गल्ति गरेको हो ।

जनकपुर रिफाइनरिजको पामोलिन ऐन विपरित बैंक ग्यारेन्टीमै किन छाडिदिए तत्कालिन भन्सार प्रमुख रेग्मीले

जनकपुर रिफाइनरीजले ल्याएको पामोलिन तयारी तेलमै वर्गिकरण हुने, पाम तेल आयात गर्ने सबै उद्योग प्रभावित

पामोलिन आयातमा अर्बौ भन्सार महशुल छलि, जनकपुर रिफाइनरीजबाट सुरु भएको परिक्षण सबै कम्पनीमा पुग्यो

भन्सार छलि गर्न खोज्दा फस्यो जनकपुर रिफाइनरी, क्रुड भनेर तयारी तेल आयात

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्