Shikhar Insurance
National Life

भाषिक र सांस्कृतिक अतिक्रमणप्रति सचेत हौँ : मन्त्री गुरुङ

सिंहदरबार संवाददाता
२०८१ कार्तिक २६, सोमबार १५:२९
Hyundai
NCELL
NIMB

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जातीय सद्भावमा बलियो शक्ति हुने भएकाले भाषिक र सांस्कृतिक अतिक्रमणप्रति सचेत रहन आग्रह गरेका छन् । राष्ट्रिय विभूति एवं नेपाल संवत्का प्रवर्तक शङ्खधर साख्वाको स्मृति दिवसका अवसरमा पद्मरत्न तुलाधर लुमति गुठीद्धारा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री गुरुङ्ले धार्मिक, सांस्कृतिक र जातीय विविधताबीच एकताको महत्त्वबारेसमेत चर्चा गरेका हुन् ।

‘जहाँ सांस्कृतिक रुपमा मानिस एकबद्ध छन्, त्यो धेरै शक्तिशाली समाज हो । कसैले त्यो समाजलाई कमजोर बनाउनुछ भने पहिलो चोटी नै उसको संस्कृतिमाथि हमला गर्छ’, उनले भने ‘राष्ट्रवाद भनेको कुनै सिमामा मात्र खोज्ने कुरा होइन । हाम्रो राष्ट्रियता प्रत्येक जनताको अनुहारमा खोज्नुपर्छ । त्यसैले सबै समुदाय र व्यक्तिले राज्यको स्रोत र शक्तिमा पहुँच भएको महसुस हुनुपर्छ ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

मन्त्री गुरुङले राष्ट्रिय विभूति साख्वा राष्ट्रिय एकताको प्रतिक भएको उल्लेख गर्दै भाषा संरक्षणको दिगोपनका लािग घरबाटै मातृभाषाको अभ्यासलाई निरन्रता दिनुपर्नेमा जोड दिए । भाषा संरक्षणका लागि सबैभन्दा पहिला पाठशाला घर हो । पहिलो गुरुआमा भनेको घरको आमा हुन’, उनले भने ‘धेरै आदिवासीका भाषाहरु जुन व्यवहारमा रुपान्तरण हुदैन, शैक्षिक संस्थामा पढाइँदैनन्, साहित्यमा विकास भएको छैन र व्याकरण विकास भएको छैन । त्यस्ता भाषाहरुको संरक्षण घरघरबाट हुनुपर्छ ।’

नेपाल संवत्को महत्त्वलाई राज्यले महत्त्व दिएर अघि बढने मन्त्री गुरुङले बताउनुभयो । नेपाल भाषासँग सिङ्गो नेपालको सार्वभौमिकता जोडिएको उनको भनाइ थियो । ‘संयुक्त राष्ट्रसङ्घले समेत नेपाल भाषीको देश नेपाल हो भनेर चिनेको छ । त्यसैले नेपाल भाषाको महत्त्व, नेपाल संवत्को महत्त्व, नेपाल मण्डलको महत्त्वलाई राज्यले जहिल्यै पनि महत्त्व दिएर अघि बढनेछ’, उनले भने ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले नेपाल भाषासँगै अन्य मौलिक भाषाको संरक्षणका लागि सरकार सँगसँगै समुदायको निरन्तरता आवश्यक भएकामा जोड दिए । पूर्वमन्त्री एवं पद्मरत्न तुलाधर लुमति गुठीका अध्यक्ष केशवमान शाक्यले शङ्खधर साख्वालाई सुशासन, सामाजिक न्याय र आर्थिक सङ्कटको व्यवस्थापनका लागि वर्तमान नेतृत्वले प्रेरणाको स्रोतको रुपमा लिनसक्नुपर्ने बताए । उनले राष्ट्रिय समाचार समिति (रासस) बाट नेपाल भाषामा समाचार सेवा प्रारम्भ भएकामा मन्त्री गुरुङप्रति आभारसमेत प्रकट गरे ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्