काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको मूल्य घटेको छ । अघिल्लो दिन ५ सय रुपैयाँले घटेको सुनको भाउ आज १ हजार रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन १ लाख ६६ हजार रुपैयाँमा किनबेच भएको छापावाला सुन आज १ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, आज चाँदी प्रतितोला ५ रुपैयाँ घटेर १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको छ । चाँदी अघिल्लो दिन १ हजार ९ सय ६० रुपैयाँमा किनबेच भएको थियो ।
प्रतिक्रिया दिनुहोस्