Skip to content
Shikhar Insurance
National Life

सूर्यज्योति लाइफको ५ लाख ८२ हजार कित्ता सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?

Hyundai
NCELL
NIMB

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले सेयरधनीको नाममा रहेको ५ लाख ८२ हजार ८ सय ५८ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले यो सूचना प्रकाशन भएको ३५ दिन भित्र कम्पनीको सेयर रजिष्ट्रार एन आई सी एशिया क्यापिटल लिमिटेड, ट्रेड टावरमा आफूले खरिद गर्न चाहेको सेयर संख्या र दर रेट उल्लेख गरि रितपुर्वक शिलबन्दी बोलपत्र पेश गर्नु पर्ने कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

तोकिएको उक्त म्याद भित्र संस्थापक सेयरधनीहरुबाट निवेदन पेश हुन नआएमा प्रचलित नियमानुसार अन्य व्यक्ति र संस्थामा सेयर बिक्री प्रकृया अघि बढाउँने समेत कम्पनीले सूचनामार्फत जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE