Skip to content
Shikhar Insurance
National Life

ल्याउनै नमिल्ने हकप्रदको निर्णय गरेर बजारमा चलखेल गर्दै नेपाल वेयरहाउजिङ्ग

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले कानून विपरिद हकप्रद सेयर ल्याउने निर्णय गरेर बजारमा चलखेल गरेको छ । नेपाल वेयरहाउजिङ्गकाे सञ्चालक समितिले २०८१ असोज १४ गतेको बैठकबाट शतप्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो । कम्पनीको कात्तिक ७ गतेको विशेष साधारण सभाले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने सञ्चालक समितिको निर्णय पारित समेत गरिसकेको छ । तर कम्पनीले अहिलेसम्म हकप्रद सेयर ल्याउन अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा भने निवेदन दिएको छैन् ।

नियम अनुसार कम्पनीले अझै एक बर्षसम्म हकप्रक सेयर निष्कासन गर्नै पाउँदैन् । कम्पनीले २०८० मंसिर १० गते आईपीओ निष्कासन गरेको थियो ।

धितोपत्र बाडफाँड तथा निष्कासन निर्देशिका २०७४ को सातौं संसोधनले स्पष्ट रुपले सूचिकृत संस्थाहरुले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गरेको दुई आर्थिक वर्षपछि मात्रै हकप्रद सेयर निष्कासन गर्न पाउने भन्ने व्यवस्था गरेको छ । निर्देशिकाको १३ नम्बर बुँदाको (ख) मा भनिएको छ–‘प्रारम्भिक सार्वजनिक निष्कासन गरेको कम्तिमा दुई वर्ष पुरा भएको, ।’

बोर्डले यो नियम बैंक, वित्तिय वा बीमा बाहेकका सूचीकृत संगठित संस्थाको हकप्रद सेयर निष्कासनमा लागु हुने भनेको छ ।

तर नेपाल वेयरहाउजिङ्गले भने आईपीओ निष्कासन गरेको एक वर्ष नबित्दै शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भनेको छ । कम्पनीले हकप्रद सेयर निष्कासन सम्बन्धी प्रस्ताव सञ्चालक समितिबाट पास गर्दै विशेष साधारण सभाबाट समेत पारित गरिसकेको छ ।

नेपाल वेयरहाउजिङ्गको चुक्ताँ पुँजी ६८ करोड ७५ लाख रुपैयाँ रहेको छ । कम्पनीको कात्तिक ७ गते बसेको विशेष साधारण सभाबाट शतप्रतिशत हकप्रद सेयर पारित गरेको छ ।

चलखेलको आशंका

कम्पनीले ल्याउनै नपाउने हकप्रदको निर्णय गरेर बजारमा चलखेल गरेको आरोप लागेको छ । कम्पनीको सञ्चालक समितिले २०८१ असोज १४ गते शतप्रतिशत हकप्रद सेयर ल्याउने निर्णय गर्दा नेप्सेमा कम्पनीको प्रतिकित्ता सेयर भाउ जम्मा ८७० रुपैयाँ थियो । तर कात्तिक २१ गते कम्पनीको सेयर मूल्य प्रतिकित्ता १००१ रुपैयाँ पुगिसकेको छ । हकप्रद सेयर जारी गर्ने भनेर कम्पनीले दोश्रो बजारमा चलखेल गरेको आरोप लागेको हो ।

नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीले नेपाल वेयरहाउजिङ्गले हकप्रद सेयर जारी गर्ने अनुमति नपाउने बताए । उनले ल्याउनै नपाउने हकप्रदको निर्णय कम्पनीले किन गरेको हो भन्नेबारे बोर्डले बुझ्ने र आवश्यक कदम चाल्ने पनि बताए । ‘आईपीओ जारी गरेको २ वर्षसम्म बैंक र बीमा बाहेकका कम्पनीले हकप्रद सेयर जारी गर्न नपाउने भन्ने स्पष्ट कानुनी व्यवस्था छ, नेपाल वेयर हाउसले किन त्यस्तो गर्यो ? दोश्रो बजारमा त्यो निर्णय प्रभाव क कस्तो परेको छ ? हामी हेर्छाै ।’

 

No description available.

 

GBIME

प्रतिक्रिया दिनुहोस्