Shikhar Insurance
National Life

प्राइम कमर्सियल बैंकको नायव महाप्रबन्धकमा खत्री नियुक्त

सिंहदरबार संवाददाता
२०८१ कार्तिक २३, शुक्रबार १४:३२
Hyundai
NCELL
NIMB

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको नायव महाप्रबन्धक (डीजीएम) मा सुमितबाबु खत्री नियुक्त भएका छन् । कात्तिक २० गतेदेखि लागू हुनेगरी बैंकको डीजीएममा खत्री नियुक्त भएका हुन् ।

कुशल कार्यसम्पादनमा अब्बल खत्रीले बैंकिङ क्षेत्रमा विगत २४ वर्षदेखि काम गर्दै आइरहेका छन् । सिटिजन्स बैंक लिमिटेडको स्थापना कालदेखि नै कार्यरत खत्री यस अघि बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) पदमा कार्यरत थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

खत्री एक महिनाअघि मात्रै सिटिजन्स बैंकबाट बाहिरिएका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्