काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको मूल्य बढेको छ । अघिल्लाे दिन प्रतितोला ४ हजार रुपैयाँले घटेको सुनको मूल्य आज (शुक्रबार) प्रतितोला २ हजार रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६६ हजार ५ सय रुपैयाँ कायम रहेको छ । अघिल्लो दिन भने प्रतितोला १ लाख ६४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
साथै, आज चाँदीको मूल्य तोलामा प्रतितोला २० रुपैयाँले बढेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्