काठमाडौं । समयलाई कसैले रोक्न सक्दैन र समयले पनि कसैलाई रोक्दैन । त्यो कुरा बुझ्न जरुरी छ । प्राधिकरणको दृष्टिकोणबाट पनि हेर्नुपर्छ । प्राधिकरणको लागि सरकारी कम्पनी र निजी कम्पनीका लागि छुट्टा-छुट्टै क्राउन छैन । एउटै क्राउन छ । जुन प्राइभेट कम्पनीले मान्छ त्यो सरकारी कम्पनीहरुमा पनि मान्य हुनुपर्छ ।
जुन निर्देशन सरकारी कम्पनीलाई जान्छ त्यो निजी कम्पनीहरुलाई पनि जानुपर्छ । तर बिचमा केही जबरजस्तीहरु पनि भयो । कारण के हो ? हामी जुन मिसनमा हिडिरहेका छौँ । त्यहाँ पुगेनौँ । कम्पनीको रिडिङ छैन । यो अवस्थामा तपाईहरुले गरिरहनु भएको रिडिङको प्रयासले सफलता पाइयोस् भन्ने शुभकामना गर्न चाहन्छु ।
खासमा पुनर्बीमा कम्पनी भनेको बुझाई नै भएन । कम्पनीले पैसा दिने अनि मैले पैसा राख्ने, लस भएमा भोली फेरी तिर्ने । हैन भने मेरो मुनाफा भयो । यो त हैन नि । पुनर्बीमा कम्पनीले त फिक्स गर्नुपर्यो । मार्केट के हो ? मार्केटले के खोज्छ ? अहिले लागू गरिरहेको ऋण ठिक छ कि छैन हेर्नु पर्यो ।
१० वर्ष अगाडिको जुन रेटमा पुनर्बीमा गर्छ अहिले पनि त्यहि रेट भएपछि कस्ले स्वीकार गर्छ । त्यो भन्नु पर्छ । कम्पनीको सबै डाटाहरु तपाईहरुसँग हुन्छ । कुन कम्पनीको अवस्था कस्तो र किन त्यस्तो भइरहेको छ भनि अध्ययन गर्नुपर्छ । कम्पनीलाई तालिम दिनुपर्ने हो कि ? म पैसा दिन्छु, कमिशन दिनु, त्यो होइन । कम्पनीले नाफा ठिक ठाउँमा कमाउँनु पर्छ ।
पुनर्बीमाको दिनु पर्ने सेवा असाध्यै स्लो छ । हामीसँग धेरै सिकायत छ । यो अवस्थामा हामी शुद्ध पनि हौँ । हामीले पुनर्बीमाको धन पनि निर्वाह गर्नु पर्ने हुन्छ । र कम्पनीसँग हाम्रो गतिलो सम्बन्ध पनि हुनु पर्छ । त्यो कमिसनको कुरा मात्रै होइन ।उनीहरुको समस्या पनि बुझ्नु पर्यो । कम्पनी किन स्थापना गरिएको हो ? त्यस्को उद्देश्य के हो ? त्यसमा केन्द्रीत भएर काम गर्नु पर्छ । त्यो उद्देश्यमा नीति रणनीतिका कुराहरु समावेश गर्दै लगेका छौँ कि छैनौँ ? कति वटा कम्पोनेन्ट परिवर्तन भए ? त्यो बुझ्न जरुरी छ ।
निजी कम्पनी र सरकार कम्पनीहरुबीच नीति नियम पनि समान हुनुपर्छ । तपाईहरु सरकारलाई सोध्नुस् न पुनर्बीमाको बिजनेस सरकारको नियमबाट हुने हो कि तपाईको प्रोफेस्नल हुने हो । यो हाम्रो डिपेन्सी हो सरकारमा । सरकारले उसको मुख ताकेर निर्णय गर्ने ।
हामीले त्यो अनुसार काम अगाडि बढाउँनु पर्यो । अब हामी सरकारको मुख ताकेर सरकारले निर्णय गर्छ अनि बल्ल हामी निर्णय गर्छौ भनेर बस्ने होइन । आफै निर्णय लिन त तपाईहरुको आफ्नै मेकानिजम हुनु पर्यो नि ।
प्रतियोगितालई स्वीकार गर्नुपर्छ । जो आएपनि लगानी गरेको हो । कर तिरेको छ । पुनर्बीमाको पनि पुनर्बीमा हुन्छ । त्यो पुनर्बीमा गर्नु नै रेट बाँकी छ । ती पाटोहरुमा प्राधिकरण हामी सबैजना सँगै बसेर रेटहरु मिलाउँनु पर्यो । त्यसको इन्ड कन्जुमर होस् । यो रेट किन हो भनेर थाहा हुनु पर्यो । त्यो कन्भिन्स गराउँने काम पनि बीमा कम्पनीहरुको हो । हामीले बजारको प्रतिस्पर्धामा राम्रो बाटो पट्टी लानु पर्यो ।
(नेपाल पुनर्बिमा कम्पनी लिमिटेडको ११ औं वार्षिकोत्सव समारोहमा बीमा प्राधिकरणका अध्यक्ष सुर्य सिलवालले राखेको विचार)
प्रतिक्रिया दिनुहोस्