Shikhar Insurance
National Life

लेबनानमा भएको इजरायली आक्रमणमा पाँच जनाको मृत्यु

सिंहदरबार संवाददाता
२०८१ कार्तिक २१, बुधबार १६:४४
Hyundai
NCELL
NIMB

एजेन्सी । दक्षिणी लेबनानको टायर जिल्लाको अल साहबिया सहरलाई लक्षित गरी भएको इजरायली हवाई आक्रमणमा पाँच जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएको जनाइएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले बार्जा ९माउन्ट लेबनान० मा इजरायली हवाई आक्रमणबाट २० जनाको मृत्यु भएको तथा १४ जना घाइते भएको घोषणा गरेको छभने उद्धार तथा भग्नावशेष हटाउने कार्य अझै जारी छ ।

नेशनल न्युज एजेन्सी (एनएनए) ले रिपोर्ट गरेअनुसार इजरायली लडाकु विमानहरूले नबातीह जिल्लाको पूर्वी याहमोरमा गोलाबारीको बिचमा याहमोर अल साकिफ र अर्नुन सहरहरूमा छापा मारेका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

टायरमा लडाकु विमानहरूले देइर कानौन अल नाहर सहरमा छापा मार्दा भौतिक संरचनाहरूमा व्यापक क्षति पुगेको छ । सन् २०२३ अक्टोबर देखि लेबनान र इजरायलबीच हवाई आक्रमण सुरू भएको थियो । सेप्टेम्बरको अन्त्यदेखि, इजरायलले आक्रमणको गति बढाउदै राजधानी बेरुतसम्म विस्तार गर्दा हजारौँ लेबनानी हताहत भएका छन् भने १० लाखभन्दा बढी मानिसहरूलाई विस्तापित भएका छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्