Shikhar Insurance
National Life

सामान्य अंकले घट्यो सेयर बजार, कारोबार रकम ५ अर्ब २२ करोड बढी

सिंहदरबार संवाददाता
२०८१ कार्तिक २१, बुधबार १५:०८
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.८८ अंकले घटेर २६७५.५१ मा पुगेर बजार बन्द भएको हो । बुधबार ३२० कम्पनीको १ करोड १६ लाख ८ सय ६९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २२ करोड २४ लाख ८६ हजार ८ सय ५१ रुपैयाँ बराबारको कारोबार भएको छ ।

बुधबार नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३५ करोड ३८ लाख ३९ हजार २६८ रुपैयाँ कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य १ हजार ४सय २१ रुपैयाँ ९० पैसा रहेको छ । बुधबार १२१ कम्पनीको सेयर मूल्य बढ्दा ११७ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, बुधबार २ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ भने कुथेली हाइड्रोपावरको सेयर मूल्य ९.५५ प्रतिशतले घटेको छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्