काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुले यती एयरलाइन्सको टिकट खरिदमा निश्चित क्यासब्याक पाउँने भएको छ । बैंकको मोबाइल बैंकिङ्ग ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरुले यती एयरलाइन्सको हवाई टिकटको खरिदमा ५ सय रुपैयाँ क्यासब्याक पाउने भएको हो ।
बैंकका ग्राहकहरु तथा ग्राहक परिवारका सदस्यहरुले ग्लोबल स्मार्ट प्लसबाट यती एयरलाइन्सको टिकट बुक गर्दा/काट्दा ‘FLYYETI’ प्रोमो कोड प्रयोग गरी ५ सय रुपैयाँ क्यासब्याक पाउन सक्ने बैंकले जनाएको छ । बैंकका अनुसार ग्राहकहरुले यो प्रोमो कोड ३ पटकसम्म प्रयोग गर्न सक्नेछन् । यो क्यासब्याक योजना नोभेम्बर २९ सम्म रहनेछ ।
बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार १०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्