काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनको नतिजा सार्वजनिक हुन सुरु भएको छ । प्रारम्भिक चुनावी नतिजा अनुसार डोनाल्ड ट्रम्प भारी मतान्तरले अघि लागेका छन् ।
सुरुआती नतिजा अनुसार डेमोक्रयाट पार्टीका कमला ह्यारिसले ८१ इलेक्ट्रोल भोट प्राप्त गर्दा रिपब्लिकन पार्टीका ट्रम्पले १५४ इलेक्ट्रोल भोट ल्याइसकेका छन् । जितका लगि २७० इलेक्ट्रोल भोट आवश्यक पर्छ । अहिले मत गणना जारी छ । अधिकांस राज्यहरुमा ट्रम्पले अग्रता लिएका छन् ।
सिनेटतर्फ ट्रम्पको पार्टीले ४३ र ह्यारिसको पार्टीले ३४ सिट जितेका छन् । यस्तै, हाउसतर्फ पनि रिपब्लिकनकै अग्राता रहेको छ । हाउसतर्फ रिपब्लिकनले ११२ सिट जित्दा डेमोक्रयाटले ७२ सिट जितेको छ ।
प्रतिक्रिया दिनुहोस्