Shikhar Insurance
National Life

तिहारपछिको पहिलो कारोबार दिन घट्यो सेयर बजार, कारोबार रकममा पनि गिरावट

सिंहदरबार संवाददाता
२०८१ कार्तिक २०, मंगलवार १५:०८
Hyundai
NCELL
NIMB

काठमाडौं । तिहार पछिको पहिलो कारोबार दिन सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.२१ अंकले घटेर २६७७.४० मा पुगेर बजार बन्द भएको हो ।

मंगलबार ३०२ कम्पनीको ९७ लाख १३ हजार ७ सय ३० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २० करोड ५५ लाख ५ हजार २ सय ३७ रुपैयाँ बराबारको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मंगलबार नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २९ करोड ९० लाख ८४ हजार २१२ रुपैयाँ कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य १ हजार ५ सय ५९ रुपैयाँ ८० पैसा रहेको छ ।

मंगलबार ११३ कम्पनीको सेयर मूल्य बढ्दा १२४ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

साथै, मंगलबार २ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ भने १ कम्पनीको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्