काठमाडौं । दैनिक नयाँ रेकर्ड कायम गर्दै आइरहेको सुनको भाउले आज भने घटेको छ । तिहारपछिको पहिलो कारोबार दिन सुनको मूल्यप्रतितोला २८ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावला सुनको मूल्य प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँ कायम रहेको छ ।
साथै, आज चाँदीको मुल्य प्रतितोला ६० रुपैयाँले घटेको छ । मंगलबार चाँदी २ हजार ३० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्