Shikhar Insurance
National Life

संसार हल्लाउने अमेरिकी राष्ट्रपतिको तलब कति ? २३ बर्षदेखि बढेको छैन् सुबिधा

सिंहदरबार संवाददाता
२०८१ कार्तिक २०, मंगलवार १०:४८
Hyundai
NCELL
NIMB

काठमाडौं । भारतीय मुलकी कमला ह्यारिस वा डोनाल्ड ट्रम्प, दुईमध्ये एक जना अमेरिकाको राष्ट्रपति बन्ने बिषय मंगलबारपछि स्पष्ट हुनेछ । अमेरिकाले पहिलो महिला राष्ट्रपति पाउनेछ वा ट्रम्पले चार बर्षपछि सत्तामा पुनरागमन पाउनेछन् त्यो हेर्न संसारभरका नागरिक आतुर छन् ।

परम्पराका अनुसार नवनिर्वाचित राष्ट्रपतिले २० जनवरी २०२५ मा आगामी चार बर्षका लागि आफ्नो कार्यभार सम्हाल्नेछन् । अमेरिकाको आगामी राष्ट्रपति को बन्ला भनेर संसारले उत्सुकता पूर्वक हेरिरहेको छ किन की अमेरिकी राष्ट्रपतिका निर्णयहरुले विश्व मञ्चमा धेरै प्रभाव राख्दै आएको छ । अमेरिकी राष्ट्रपतिलाई विश्वकै शक्तिशाली व्यक्ति पनि मानिन्छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस्तो अवस्थामा संसारभर आफ्नो शक्तिले प्रभावित पार्ने अमेरिकी राष्ट्रपतिको तलब कति होला भन्ने जिज्ञासा उठ्नु स्वभाविक हुन्छ । अमेरिकी राष्ट्रपतिको तलब आम अमेरिकीको भन्दा ६ गुणाले अधिक हुन्छ । एक अमेरिकीको बार्षिक औषत आम्दानी ६३ हजार ७ सय ९५ डलर छ । अमेरिकका टप धनीहरुले बार्षिक ७ लाख ८८ हजार डलर कमाउँछन । तर अमेरिकी राष्ट्रपतिको तलब अमेरिकी धनीको तुलनामा भने आधा कम हुन्छ । यसरी हेर्दा अमेरिकी राष्ट्रपतिको तलब १ प्रतिशत धनी अमेरिकी नागरिक भित्र पनि पर्दैनन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको बार्षिक ४ लाख ४० हजार डलर तलब लिएका छन् । त्यस बाहेक उनले राष्ट्रपतिको अतिरिक्त खर्चका लागि बार्षिक ५० हजार डलर पाउँछन् । वासिंटन डीसीस्थित ह्वाइट हाउस नै अमेरिकी राष्ट्रपतिको आधिकारीक निवास हो र यहाँ बस्नका लागि उनले एक डलर पनि खर्च भने गर्नु पर्दैन् ।

अमेरिकी राष्ट्रपतिले पदभार ग्रहण गरेर ह्वाइट हाउस आएकै दिन उनलाई एक लाख डलर दिइन्छ । यो रकमबाट उनले आफु अनुकुल घरको सजावटका लागि खर्च गर्न सक्नेछन् । राष्ट्रपतिलाई मनोरञ्जन, कर्मचारी र कुकका लागि बार्षिक १९ हजार डलर उपलब्ध हुन्छ । अमेरिकामा राष्ट्रपतिलाई सबै स्वास्थ्य सेवा नि:शुल्क उपलब्ध गराइन्छ ।

अमेरिकी राष्ट्रपतिका लागि एक लिमोजिन कार, एक मरिन हेलिकप्टर र एयर फोर्स वान नामको जहाजको व्यवस्था गरिएको हुन्छ ।

मरिन हेलिकप्टर र एयर फोर्स वानमा राष्ट्रपतिका लागि आवश्वयक सबै सुबिधा र सुरक्षाको व्यवस्था गरिएको हुन्छ । एअर फोर्स वानमा राष्ट्रपतिसहित एक सय जनाले यात्रा गर्न सक्छन् ।

सन २००१ देखि बढेको छैन् अमेरिकी राष्ट्रपतिको तलब

अमेरिकामा हरेक सार्वजनिक अधिकारीको तलब बर्षेनी वृद्धि हुँदै आएको छ । तर अमेरिकी राष्ट्रपतिको तलब भने सन २००१ पछि वृद्धि गरिएको छैन् । सन २००१ मा जर्ज डब्ल्यु बुसले पदभार सम्हालेपछि तलब वृद्धि गरेका थिए ।

जर्ज वासिंटन अमेरिकाका पहिलो राष्ट्रपति थिए र उनको तलब बार्षिक २ हजार डलर मात्रै थियो । त्यतिबेलाका लागि यो निकै ठूलो रकम थियो । डोनाल्ड ट्रम्प, जोन एफकेनेडी र हर्बट हुवर जस्ता अमेरिकी राष्ट्रपतिहरुले आफ्नो तलब दान गर्ने गर्थे । अमेरिकामा पूर्व राष्ट्रपतिलाई निवृत्तिभरण स्वरुप बार्षिक २ लाख ४० हजार डलर आजिवन उपलब्ध गराइन्छ ।

तलब बार्षिक– ४,४०,००० डलर

खर्च–५०,००० डलर

मनोरञ्जन खर्च–१९,००० डलर

ह्वाइट हाउस प्रवेश शुल्क–१,००,००० डलर

कर छुट खर्च–१,००,०००

जम्मा तलब भत्ता र सुबिधाहरु– ७०९००० डलर

बीबीसी हिन्दीबाट

GBIME

प्रतिक्रिया दिनुहोस्