काठमाडौं । सर्वोत्तम सिमेन्टले एक वर्षमा साढे ६ अर्ब रुपैयाँको व्यापार गरेको छ । इक्रा नेपाल लिमिटेडले सार्वजनिक गरेको तथ्यांक अनुसार कम्पनीले सन् २०२४ मा ६ अर्ब ४१ करोड ९० लाख रुपैयाँको कारोबार गरेको हो ।
कम्पनीले गत वर्ष २०२३ को तुलनामा १ अर्ब २ करोड ८० लाख अर्थात १९.०६ प्रतिशतले बढी व्यापार गरेको हो । सन् २०२३ कम्पनीले ५ अर्ब ३९ करोड १० लाख रुपैयाँ कारोबार गरेको थियो ।
२०२४ मा कम्पनीको करपछि नाफा १७ करोड ४० लाख रुपैयाँ रहेको तथ्यांकले देखाएको छ । कम्पनीले २०२० मा ७ अर्ब ३७ करोड ५० लाख, २०२१ मा ८ अर्ब ९५ करोड र २०२२ मा ७ अर्ब ८८ करोड ७० लाख रुपैयाँ कारोबार गरेको थियो ।
सन् २०१० मा नवलपरासीको रामनगरमा स्थापना भएको कम्पनी सन् २०१९ मा पब्लिक कम्पनीको रुपमा रुपान्तरण भएको थियो । कम्पनीले आफ्नै क्लिंकर उत्पादन गर्दछ ।
साथै, कम्पनीले मुख्य: ओपीसी र पीपीसी सिमेन्ट उत्पादन गर्दछ । कम्पनीको प्रमुख सेयर होल्डिङ सौरभ ग्रुप रहेको छ । हाल सर्वोत्तम सिमेन्टले नेपालभर २०० भन्दा बढी मानिसलाई रोजगारी दिइरहेको कम्पनीले जनाएको छ ।
भर्टिकल रोलर मिलको प्रयोग मार्फत सिमेन्ट उत्पादन गर्ने पहिलो निर्माता सर्वोत्तम सिमेन्ट रहेको छ ।
प्रतिक्रिया दिनुहोस्