काठमाडौं । विन्ध्यवासीनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चुक्ता पुँजीको ८ प्रतिशत सेयर लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । कम्पनीको संचालक समितिको कात्तिक १३ गते बसेको बैठकले मंसिर ६ गते कम्पनीको कार्यालय परिसर, नयाँ बानेश्वर, काठमाडौंमा सभा बस्ने निर्णय गरेको हो ।
सभामा सञ्चालक समितिको आव २०८०/०८१ वार्षिक प्रतिवेदनमा छलफल गरी स्वीकृत गर्नेछ । कम्पनीको आव २०८० /०८१ को लेखापरीक्षण प्रतिवेदन सहितको वित्तीय विवरण छलफल गरी अनुमोदन गर्ने सभाको प्रस्ताव रहेको कम्पनीले जनाएको छ । साथै, सभामा २०८१/०८२ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र नीजको पारीश्रमिक तोक्नेछ ।
सभा प्रयोजनको लागि कम्पनीको सेयरधनी दर्ता पुस्तिका र सेयर दाखिला खारेजको कार्य कात्तिक २८ गते १ दिन बन्द हुनेछ । कात्तिक २७ गतेसम्म नेप्से कारोबारमा कायम सेयरधनीहरु मात्र साधारण सभामा भाग लिन पाउने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्