Shikhar Insurance
National Life

आगामी मौद्रिक नीति घरेलु तथा साना उद्योगका लागि ऐतिहासिक हुनेछः गभर्नर अधिकारी

सिंहदरबार संवाददाता
२०७८ असार ७, सोमबार २१:०२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले साना तथा घरेलु व्यवसायको योगदान समग्र अर्थतन्त्रमा धेरै महत्वपूर्ण रहेको बताएका छन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीसँग श्रव्यदृश्यमार्फत आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा उनले भने, “ संसारभरी नै साना तथा मझौला उद्योगको भूमिका हेर्ने हो भने संख्यात्मक हिसाबले पनि महत्वपूर्ण रहेको र अर्थतन्त्रमा योगदान पनि धेरै अर्थपूर्ण रहेको छ ।”

नेपाल राष्ट्र बैंकले पनि आफ्नो आफ्ना नीतिमा यस क्षेत्रलाई प्राथमिकता राख्दै आएको र चालु आवकोे मौद्रिक नीतिमार्फत ऐतिहासिक परिवर्तन नै ल्याउन खोजेको स्पष्ट पारे ।
सहुलियतपूर्ण कर्जा पनि प्रत्येक शाखामा १० वटा आवेदन आउनुपर्ने र सँगसँगै कूल कर्जाको १५ प्रतिशत एक करोड भन्दा साना कर्जामा जानुपर्ने व्यवस्था यस क्षेत्रलाई गरिएको उतको भनाइ थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

महासंघका अध्यक्ष श्याम गिरीले उद्योगीले लिएको कर्जामा निषेधाज्ञा अवधिको ब्याज मिनाहा गर्न माग गरे । साना उद्योगीको हकमा पुनकर्जा सम्बन्धी कार्यविधिलाई पुनलेखन गर्नुपर्ने जरुरी रहेको भन्दै उनले पुनकर्जा कार्यविधि पुनलेखन कार्यमा घरेलु महासंघलाई पनि सहभागी गराइनुपर्ने बताए ।

सो अवसरमा महासंघका निवर्तमान अध्यक्ष सुरेश प्रधान, पूर्व अध्यक्ष लता प्याकुरेल, वरिष्ठ उपाध्यक्ष उमेशप्रसाद सिँहलगायतले साना तथा मझौला उद्योगको विकासमा विशेष ध्यान दिन आग्रह गरे । रासस

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्