काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आव २०८०/ ०८१ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । कम्पनीको १४ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सेयरधनीलाई ९.४७ प्रतिशत लाभांश वितरण दिने निर्णउय गरेको हो ।
कम्पनीको हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत बोनस सेयर र (कर प्रयोजनार्थ) ०.४७ प्रतिशत नगद लाभांशवितरण गर्ने निर्णय गरेको एक सूचनामार्फत जानकारी दिएको छ ।
साथै, प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरी कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् सेयरधनीहरूमा वितरण गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्