काठमाडौं । सोल्टी होटल लिमिटेडले ३६.८४ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक १३ गते बसेको सञ्चालक समिति बैठकले १० प्रतिशत बोनस सेयर र कर सहित २६.८४२१०५२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव पारित गर्न कम्पनीले पुस ४ गते साधारण सभा बोलाएको छ । सभा प्रयोजनार्थ कम्पनीले मंसिर १३ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, मंसिर १२ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्