काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४६.६९ अंकले बढेर २६९२.०५ मा पुगेको हो ।
मंगलबार ३१९ कम्पनीको १ करोड ३३ लाख ७३ हजार ४ सय ८१ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब १२ करोड ८२ लाख ६४ हजार ५८० रुपैयाँको कारोबार भएको छ ।
मंगलबार समृद्धि फाइनान्स कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २४ करोड ७१ लाख ५९ हजार ३६३ रुपैयाँ कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य ७ सय ९८ रुपैयाँ ५० पैसा रहेको छ ।
मंगलबार २२१ कम्पनीको सेयर मूल्य बढ्दा १७ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । साथै, आज ४ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ भने निफ्रा ऊर्जा ऋणपत्रको सेयर १.९५ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्