काठमाडौं । काठमाडौं महानगरपालिकाले प्लाष्टिकका फूलहरु विक्री वितरण गर्न प्रतिवन्ध लगाएपनि काठमाडौंका नयाँ सडक, असन, इन्द्रचोक लगायतका बजारमा प्लाष्टिकका फूलहरु खुलेआम विक्री भैरहेको छ ।
आफ्नो नीति जे जसरी पनि लागु गराइ छाड्ने छवि बनाएका काठमाडौंका मेयर बालेन शाह समेत प्लाष्टिकका फूलहरु विक्री वितरण गर्न बाट राेक्न भने चुकेका छन् । यो निर्णयका बावजुत समेत प्लाष्टिकका फूलहरु विक्री वितरण भैरहँदा निर्णय कर्यान्वयनमा बालेन फेल भएकाे रुपमा लिन सकिने वातावरण विज्ञको भनाई छ ।
‘फूल उत्पादक किसानहरु फूल विक्री नभएर हैरान हुनु पर्ने तर वातावरणका हिसावले अत्यन्तै घातक मानिएको प्लाष्टिकका फूलहरु जताततै वेच्नका लागि राखिनु र महानगरले त्यसको नियन्त्रण नगर्नु बालेन फेलियरको ठुलो प्रमाण हो’ एक वातावरण विज्ञले भने ।
प्लाष्टिकका फूलहरु विक्री वितरण गर्न काठमाडौं महानगरपालिकासहित देशभरका विभिन्न स्थानीय तहले प्रतिवन्ध लगाएका छन् । तर प्लाष्टिकका फूलहरु उपत्यकाका विभिन्न पसलहरुमा मात्रै नभै देशैभरका बजारमा जताततै वेच्नका लागि राखिएको देख्न सकिन्छ ।
तस्बिरहरु :- न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस्