Shikhar Insurance
National Life

भारतले पाम, सोयबिन, भटमासको तेलमा भन्सार बढाएपछि नेपाली उद्योगीले बैंकको लिमिट र ऋण बढाउन थाले

सिंहदरबार संवाददाता
२०८१ कार्तिक १४, बुधबार ०७:५७
Hyundai
NCELL
NIMB

काठमाडौं । भारतले पाम, सोयबिन र भटमास तेलमा भन्सार महसुल बढाएसँगै नेपाली व्यावसायी उत्साहि भएका छन् । तेस्रो देशबाट आयात गरी भारत पठाउनका लागि व्यवसायीहरु उत्साहि भएका हुन् ।

भारतले २०८१ भदौ २९ गते भटमास, पाम, सोयाबिन तेलको भन्सार महशुल ५ प्रतिशतबाट २० प्रतिशत पुर्याएपछि नेपाली व्यावसायीहरु उत्साहि भएका छन् । अहिले उद्योगीहरु बैंकमा लिमिट र ऋण प्रोसेस गर्न सुरु गरेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

एक वाणिज्य बैंकका कार्यकारी अधिकृत सिइओले भने, “अन्य क्षेत्रमा ऋण बढ्न सक्ने अवस्था छैन, अहिले तेल उद्योगीहरुले लिमिट र लोनका लागि प्रोसेस बढाउन थाल्नु भएको छ, यो क्षेत्रमा ऋण बढ्न सक्ने देखिएको छ ।” नेपाली सामान नभएपनि नेपालको प्रमुख निर्यात वस्तु नै तेल भएकोले सरकारले समेत सहयोग गर्नुपर्ने बताए ।

नेपालमा पाम, भटमास, सोयबिन तेलको भन्सार महशुल समान राखिएको छ ।  यदि यी तीनै वस्तु कच्चा (क्रुड) भन्सार शिर्षकमा भित्रिए १० प्रतिशत महशुल तिर्दा पुग्छ । यदि तयारी शिर्षकमा आयात भयो भने १५ प्रतिशत भन्सार महशुल तिर्नुपर्छ । यसरी नेपाली उद्योगले ल्याएको तेल भारत ६० दिनभित्रै निर्यात गर्न सके १० प्रतिशत भन्सार महशुल पनि छुट हुन आउँछ ।  यसरी नेपाली उद्योगले लाभ लिन सक्छन् ।

पाम तेलको लफडा के हुन्छ

पाम तेल आयातकर्ता र भन्सार विभागबिचको विवाद अझै पनि टुङगिएको छैन । जनकरपुर रिफाइनरिजले ल्याएको पाम तेल विराटनगर भन्सार कार्यालयले चेक जाँच गर्दा तयारी भएको पुष्टी भएको थियो ।

विराटनगर भन्सार कार्यालयले विभागको प्रयोगशालामा पठाएको तेल जाँच गर्दा क्रुड नभएर तयारी नै भएको पुष्टी भएको छ । मुद्दामा जनकपुर रिफाइनरिज उच्च ‍अदालत पाटन पुगको थियो । अदालतले पनि धरौटिमा तेल छुटाउन आदेश दिएको थियो ।

पछि अदालतको आदेश बमोजिम विराटनगर भन्सार कार्यालयले पाम जनकपुर रिफाइनरिजले ल्याएको तेल कच्चा नभएर तयारी भन्सार शिर्षकमा नै वर्गिकरण गरेको छ ।

जनकरपुर रिफाइनरिजबाट फैलिएको क्रुड तयारी विवाद तेल आयात हुने सबै भन्सार कार्यालयहरुमा पुगेको छ । भारतमा भन्सार महसुल बढेसँगै उद्योगीहरुले धमाधम तेल आयात सुरु गरेका छन् । अब यसरी आयात हुने तेल परिक्षण गरेर मात्रै जाँचपास गरिने भन्सार विभागका एक कर्मचारीले सिंहदरबालाई जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्