Skip to content
Shikhar Insurance
National Life

२० प्रतिशत डाउन पेमेन्टले इभी गाडीको बिक्रीमा उछाल, तीन महिनामै भित्रियो २५ सय बढी गाडी

Hyundai
NCELL
NIMB

काठमाडौं । पेट्रोलियम र डिजेल गाडीलाई पछि पार्दै इलेक्ट्रिक गाडी आयात बढेको छ । कम खर्च र सजिलो फाइनान्सिङले विद्युतिय गाडीको प्रयोगमा वृद्धि भएको हो ।

चालु आर्थिक वर्ष २०८१/८२ को असोज महिनासम्म २ हजार ५ सय १८ वटा इलेक्ट्रीक कार, जिप र भ्यान (इभी गाडी) नेपाल भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको असोज महिनासम्म सो इभी गाडी नेपाल भित्रिएको हो ।

गत आवको सोही अवधिको तुलनामा चालु आवको सोही अवधिमा १७.९३ प्रतिशत अर्थात ३ सय ८३ वटाले बढी आयात भएको हो ।

असोज महिनामा १०१ किलोवाटदेखि २०० किलोवाटसम्म १ सय ५९ वटा भित्रिएका छन् । त्यस्तै, ५१ किलोवाटदेखि १०० किलोवाटसम्मका इभी गाडी १ हजार ५ सय ८२ वटा र ५० किलोवाटका इभी गाडी ७ सय ७२ वटा नेपालमा आयात भएका छन् भने २०१ किलोवाटदेखि ३०० किलोवाटसम्मका ३ वटा र ३०० किलोवाटदेखि माथिका इभी २ वटा नेपाल भित्रिएका छन् ।

यी गाडी खरिद गर्न नेपाली व्यवसायीहरुले असोज महिनासम्म विभिन्न देशमा ६ अर्ब ११ करोड ६० लाख ६२ हजार रुपैयाँ खर्च गरेका छन्, जसबाट सरकारले ३ अर्ब ७४ करोड ५४ लाख ९० हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

गत आर्थिक वर्ष २०८०/०८१ को असोज महिनासम्ममा २ हजार १ सय ३५ वटा गाडी भित्रिएको थियो । सो इभीका लागि नेपाली व्यवसायीहरुले ५ अर्ब १७ करोड ७१ लाख २५ हजार रुपैयाँ विभिन्न देशमा खर्च गरेका थिए भने सो मार्फत सरकारले २ अर्ब २४ करोड २१ लाख ७५ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।

राष्ट्र बैंकले अहिले इभि गाडी खरिद गर्नका लागि २० प्रतिशत नगद र बैंक तथा वित्तिय बाट ८० प्रतिशतसम्म फाइनान्सको सुविधा छ । यदी १ करोड रुपैंया पर्ने इभी गाडी चढ्नु परेमा ग्राहकले २० लाख रुपैयाँ नगद बुझाए पुग्छ बाँकी ८० लाख रुपैयाँ बैंक तथा वित्तिय संस्थाले व्यवस्था गर्दछ ।

राष्ट्र बैंकले इभी गाडीमा लचिलो नीति लिएसँगै  इभीको व्यापारमा बहार छाएको एक व्यावसायीले बताए । ती व्यावसायीले सिंहदरबारसँग भने, ’२० प्रतिशत क्यास तिर्दा जस्तो भन्यो त्यस्तै गाडी खरिद गर्न पाइन्छ, तर डिजेल तथा पेट्रोलियम गाडी चढ्नका लागि निकै धेरै खर्च गर्नु पर्छ, अहिलेको इभीको व्यापार धानेको नै इभिको व्यापारले हो ।’

कुन देशबाट कति भयो आयात ?

नेपालमा ईभी सवारीको प्रयोग बढ्दै जादाँ आयतमा पनि उल्लेख्य वृद्धि भएको देखिन्छ । विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार हाल ईभी गाडीको आयात सबैभन्दा बढी भारत र चीनबाट भइरहेको छ ।

यो तीन महिनामा ५० किलोवाट क्षमता भएका ईभी चीनबाट ३९९ र भारतबाट ३३७ वटा भित्रिएका छन् । यस्तै, ५१ किलोवाटदेखि १०० किलोवाट क्षमता भएका गाडी चीनबाट १२ सय ८ र भारतबाट ३७४ वटा आयात भएको विभागको तथ्याङकले देखाएको छ ।

यसैगरी, १०१ देखि २०० किलोवाट क्षमता भएका चीनबाट १५४, जर्मनीबाट ४ र अमेरिकाबाट एक वटा गाडी भित्रिएका छन् । विभागले २०१ देखि ३०० किलोवाट क्षमता भएका चीनबाट दुई र जर्मनीबाट एक वटा गाडी नेपाल भित्रिएके छ ।

यसका साथै २०१ देखि ३०० किलोवाट क्षमता भएको जर्मनीबाट १ र ३०० भन्दा माथि क्षमता २ वटा ईभी गाडी चीनबाट आयात भएको तथ्यांकले देखाएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्