Shikhar Insurance
National Life

समात घरेलु लघुवित्तको एफपीओमा पहिलो दिनमै पर्‍यो करिब ४२ करोडको आवेदन

सिंहदरबार संवाददाता
२०८१ कार्तिक १२, सोमबार १७:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । समात घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन गरेको एफपीओमा ४१ करोड ९० लाख ७५ हजार रुपैयाँकाे आवेदन परेकाे छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आज अर्थात कात्तिक १२ गते साँझ ५:६ बजेसम्म २ लाख ६० हजार ४५४ जनाले ४१ लाख ९० हजार ७५० कित्ताका लागि आवेदन दिएका हुन् ।

उक्त एफपीओमा लगानीकर्ताले आजदेखि कात्तिक २० गतेसम्म आवेदन दिन सक्ने छन् । उक्त अवधिभित्र पर्याप्त आवेदन नपरेमा कात्तिक २६ गतेसम्म आवेदन दिन सकिनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

संस्थाले साविकको मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेपश्चात प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम सेयर पूँजी संरचना अनुपात संस्थापकको ६९.४८ प्रतिशत र सर्वसाधारणको ३०.५२ प्रतिशत कायम गर्न नपुग शेयर सर्वसाधारणमा एफपीओ जारी गर्न लागेको हो ।

संस्थाले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३ लाख ५० हजार ९०४.२५ कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

लघुवित्तको एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । लघुवित्तको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्